ईकोनोमिक खबर, काठमाडौं।
भारत तथा तेस्रो मुलुकमाबाट नेपालमा भित्रने तरकारी तथा फलफूलको विषादी परिक्षण रोकिएको बिषयमा राष्ट्रिसभामा सांसद र मन्त्री बिच सवाल जवाफ भएको छ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले तरकारी तथा फलफूलको विषादि परिक्षण के कारण रोकिएको हो भन्दै प्रश्न गरे।
राष्ट्रियसभाका सांसदहरु सरीता प्रसाँई, सुमनराज प्याकुरेल, मुक्ता कुमारी यादव, उदया शर्मा पौडेल लगायतले कस्तो प्रलोभनमा परेर सरकारले बाहिरबाट आउने सामानहरुको चेकजाँच रोकेको हो भन्दै प्रश्न गरे।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले भारतसँग झुकेर तरकारी तथा फलफूलमा विषादी परीक्षण नरोकिएको स्पष्ट पार्नुभयो । विषादी परीक्षण रोकेर सरकार भारतसँग झुकेको सत्तारुढ र प्रतिपक्षी कांग्रेसका सांसद र नेताहरुले आरोप लगाइरहेका बेला मन्त्री यादवले उनीहरुमै झुक्ने बानी रहेको आरोप लगाउनुभयो ।