ईकोनोमिक खबर, काठमाडौं।
डिभिजन सडक कार्यालय, मकवानपुरले सूचना जारी गरी १५ दिन भित्रमा हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तर्गतको सडक विस्तार गर्न लागेको छ ।
डिभिजन सडक कार्यालय, मकवानपुरको सार्वजानिक सुचनामा राजमार्गको दाँया र बाँया २५/२५ मिटर विस्तार गर्ने कार्यलागाी सुचना प्रकाशित गरीएको छ ।
सूचनामा महेन्द्र राजमार्गको तथा त्रिभुवन राजपथको दाँया/बाँया २५/२५ मिटर सडक सिमाको अतिक्रमण हटाउन आदेश गरिएको छ ।
यसअघि २५ मिटर क्षेत्रभित्र पर्ने घरधनीहरुले मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतले सडक विस्तारको काम रोक्न आदेश गरेको थियो ।
तत्कालिन क्षेत्रीय प्रशासक बिनोद केसीले सडक विस्तारको काम सुरुवात गरेका थिए तर राजनीतिक दवावमा उनको सरुवा भएपछि हेटौँडामा सडक विस्तारको विषय अन्यौलमा परेको थियो ।
यस सूचनाले हेटौँडामा सडक विस्तार हुने पक्कापक्की भएको छ ।