ईकोनोमिक खबर, काठमाडौँ।
साताको पहिलो दिन नै आईतबार शेयर कारोबार (नेप्से) ओरालो लागेको छ । नेप्सेका अनुसार परिसूचक बिन्दुले ४.४५घटेर १०२५६.०४ बिन्दुमा तल झरेको छ, भने सेन्सेटिभ परिसूचक १.११ बिन्दुले घटेर २७०.३५ बिन्दुमा पुगेको छ।
आज कारोवार रकम भने औसत नै देखिएको छ जसमा बैंक मर्जर प्रभाव कायमै रहेको देखिन्छ, कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर खरीद बिक्री भएको छ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये उपसमूहको शेयर उकालो छ भने छ उपसमूहको शेयर ओरालो छ। जसमध्येमा ओरालोमा बैंकिङमा ६.७, व्यापारमा १.३५, जलविद्युतमा ३।१६, अन्यमा ०.४६, लघुवित्तमा ९.०७, जीवन बीमा ५०.२४ बिन्दुले घटेका छन्।
यस्तै होटल ६.८४, विकास बैङ्क ३.१५, वित्तय संस्था २.६९, निर्जीवन बीमा ३८.३२, उत्पादन ११.०७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ।
आज सिभिल बैङ्कको कारोबार उच्च विन्दुमा ५ करोड ७९ लाख ८० हजार ७४८, मेगा बैंकको ४ करोड ६९ लाख १ हजार ८८७, नेपाल बैंकको ४ करोड १० लाख ६३ हजार २२, सेञ्चुरी बैंक ३ करोड २६ लाख ७ हजार ६२, कुमारी बैंक दुई करोड ५४ लाख १९ हजार २५३ र प्रभु बैंक २ करोड ११ लाख ४९ हजार ३०८ मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.८६, दिव्यश्वेरी हाइड्रो पावरको ९.२३, रैराङ हाइड्रो पावर ४.६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.३७, वेस्ट फाइनान्स कम्पनी ३.९६ र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ३.९५ प्रतिशतले आर्जन गरेका छन।
यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ११.३०, स्वरोजगार लघुवित्त विकास बैंक ४.७४, मिथिला लघुवित्त वित्तीय संस्था ४.७३, खानीखोला हाइड्रो पावर ४.०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले घाटा ब्यहोरेका छन।