मलेसियामा जारी एसीसी १९ वर्ष मुनीको इस्टर्न रिजन क्रिकेटमा नेपाल समुह विजेता बनेको छ ।
यस अघि नै सेमिफाइनलमा स्थान बनाएको नेपालले आज समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा कुसल मल्लले ४, तिलक राज भण्डारीले २ तथा सागर ढकाल र रासिद खानले १÷१ विकेट लिए । त्यस अघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो ।
पालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका रितले १ सय १५ रन बनाए । खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले, यस्तै कुशल मल्लले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा पवन सर्राफ ४५ रन बनाएका थिए। समुह ए को विजेता नेपालले सेमिफाइनल खेलमा आउँदो सोमबार समुह बिको उपविजेता संग प्रतिश्पर्धा गर्नेछ।