काठमाडौं। भूकम्पको केन्द्र चीनको दिङ्ग्येमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टी गरेको छ।
काठमाडौंमा एकबिहानै भूकम्पको धक्का महशुश भएपछि मानिसहरु घरबाहिर सडकमा निस्किएका थिए।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्यूटको भूकम्प गएको हो। केही समय भूकम्पले कम्पन दिएपछि मानिसहरु आतिँदै सडकमा निस्किएका थिए।
कतिपयले २०७२ सालको भूकम्प जस्तै डर लागेको भन्दै प्रतिक्रिया दिएर सडकमा निस्किएको बताए।
भूकम्पका कारण क्षति कति भयो भन्ने विवरण भने आउन बाँकी छ।
भूकम्पले काठमाडौंसहित रसुवा, मकवानपुर, काभ्रे, धादिङ लगायत आसपासका जिल्लाहरुमा धक्का महशुश भएको थियो ।
ठूलो भूकम्प गएपछि पराकम्पहरु आउसक्ने भएकाले सतर्क रहनुपर्ने विज्ञहरु बताउँछन् ।