काठमाडौंको उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना


ईकोनोमिक खबर, काठमाडौं। 

महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना हुनुभएको छ। छातीमा अत्याधिक पिडा भएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। नर्भिक अस्पतालको २०९ नम्बर सिसीयूमा उहाँको उपचार चलिरहेको छ। उहाँलाई ह्रदयघात भएको हुनसक्ने आशंका गरिएको छ।

नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत आर.पी. मैनालीका अनुसार उपमेयर खड्कीको अहिले ईसिजि, एनजीओग्राम लगायतका परिक्षण भईरहेको छ । एनजीओग्राम रिर्पोटपछि उहाँलाई ह्रदयघात भएको—नभएको पत्ता लाग्नेछ।