काठमाडौं । सुनको मूल्य प्रतितोला २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार तोलामा १ लाख ५१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ हजारले बढेर तोलामा १ लाख ५३ हजार ५ सयमा कायम भएको हो।
त्यस्तै,शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाले बढेको छ।
बिहीबार तोलामा १ हजार ७९० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार८१० मा कायम भएको छ।