मुगु जिल्लाको लुम आसपास केन्द्रविन्दु भएर बिहान ८.०३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प


काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगु जिल्लाको लुम आसपास केन्द्रविन्दु भएर बिहान ८.०३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट क्षति भएको बारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

यसअघि बिहीबार पनि दिउँसो १.०२ बजे सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातारजसो भूकम्प गइरहेको छ ।