साताको बिहीबार सेयर बजार सामान्य अंकले बढेर नेप्से परिसूचक २५८६.२३ अंक विन्दुमा 


काठमाडौं। साताको अन्तिम दिन बिहीबार, सेयर बजार सामान्य अंकले बढेको छ।

 नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ अंक विन्दुमा आइपुगेको छ।

आज १ करोड ८६ हजार कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाखमा खरिद बिक्री भएको छ।

१५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

प्रभु महालक्ष्मी लाइफ प्रमोटरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ। कम्पनीको आज ४६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख, हिमालयन डेष्टिलरीको ११ करोड ८५ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रकचरको ९ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।