ईकोनोमिक खबर, स्थानिय संवाददाता।
अहिले समाजमा नकारात्मक सोचका कृयाकलापमा ह्वात्तै बृद्धि भएको एक तथ्यांकले देखाउछ । दाईजो, सम्पत्तीमा हत्या हुने श्रंखला पहिला देखि नै थियो। तर अहिले बीमाका लागी पनि हत्या गरीने कार्य रौतहटमा भयो। जसमा बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन।
हत्याको कारणमा गरीबी र लोभ नै भएको प्रहरी अनुसन्धान बाट खुल्न आएको हो। बीमा गरेको १ महिनामै यदि बीमकको निधन भएमा दोब्बर रकम पाइनेछ भन्ने कसैको गफमा प्रभावित भई उक्त घटना घट्न गयो। उनलाई छोटो समयमै धेरै पैसा कमाउने लोभ जाग्यो। प्रमुख रुपमा २५ लाख बीमा रकमको लोभमा परेर बाबुले ४ वर्षीया नाबालिका छोरीको हत्या गरेका छन्। रौतहटको मौलापुर न.पा. वडा नं.६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले यही १६ गते ४ वर्षीया कान्छी छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरीएको अवस्थामा भोलीपल्ट बिहान शव पोखरीमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि नबालिका छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए। नाबालिका लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रामकिशोरले बीमाको ठूलो रकम हातपार्न आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरेको रहस्य खुलेपछि हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए।
बाबुले २९ दिन अघि रौतहटको प्रभु बैंकमा २५ लाखको बीमा बापतको रकम मध्ये २ लाख जम्मा गरेका थिए। जम्मा गरेको २९ दिनमा आफैले छोरीको घाँटि थिचि हत्या गरी पोखरीमा फालेरमा छोरी हराएको भनि प्रहरीमा खबर गरेका थिए। आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने दाउमा बाबुद्वारा छोरीको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएकोछ।