नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल/ मट्टीतेलमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।