च्याउको बारेमा


च्याउ एक प्रकारको ढुसी हो, तर सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफै बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, पूmल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । यी रेसाहरूलाई अंग्रेजीमा “माईसेलियम” भनिन्छ । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यवद्र्धक खाद्य वस्तु हो । त्यसैले विश्वबजारमा यसको माग अत्यधिक रहेको छ । नेपालमा हाल गोभ्रे, कन्ये, सिताके, दुघे र राजा च्याउको  ब्यवसायिक रुपमा खेति गरिदैं आएको छ । 

नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् तर यसको अध्ययन अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा बहुमुल्य जातका च्याउहरूको उत्पादन र निर्यातको प्रयाप्त संभावना हुदाँहुदै पनि सरकारको यसतर्फ ध्यान पूग्न सकेको छैन ।  

नेपालमा हाल च्याउ खेतिमा करिब ३५,००० किसानहरू आवद्ध भएका छन् । नेपाल भरको बिभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्बको हाराहारिमा रहेको छ । च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा रहेको छ । नेपालमा च्याउ भारतलगायत देशबाट बाट पनि आयात हुने गरेको छ जसको बिबरण यस प्रकार रहेको छ ।