च्याउ प्रवद्र्धनका लागि संघले आगामी पौष १५ गते काठमाडौंस्थित भृकुटीमण्डपको ठूलोचौरमा एक दिने च्याउ मेला तथा परिकार महोत्सव आयोजना गर्न लागेको छ।
च्याउ किसानहरूको जागरुपता, ब्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता नाराका साथ मेला आयोजना गर्न लागिएको हो ।
च्याउ उत्पादक किसानहरूको एकमात्र संगठित एवम् नेतृत्वदायी संस्था च्याउ उत्पादक किसान संघ नेपालले उत्पादक किसानहरूको संगठित शक्तिद्वारा देशलाई च्याउ उत्पादनमा आत्मनिर्भर बनाउने, युवाहरूलाई च्याउ उत्पादनमा प्रोत्साहन गर्दै देशमा स्वरोजगारीका अवसरहरू सिर्जना गरी समग्र च्याउ क्षेत्रको विकासमा टेवा पु-याउँदै आएको छ ।
नेपालमा च्याउको उत्पादन मात्र नभएर उपभोक्तालाई यसको उपयोगिताको बारेमा पनि जागरण गर्ने काम यस किसान संघले गर्दै आइरहेको छ। साथै स्वस्थ्य र वृहत उत्पादनद्वारा जनस्वास्थ्य र राष्ट्रिय आयमा उल्लेखनीय योगदान पु-याउँदै आइरहेको छ ।
च्याउ किसान र सरोकारवालाहरूको सहभागितामा प्रत्येक वर्ष पौष १५ गते बिभिन्न कार्यक्रमहरू सञ्चालन गरि मनाइदै आइरहेकोमा यस वर्ष २०८१ पौष १५ गते राष्ट्रिय च्याउ दिवसको अवसरमा एक दिने च्याउ परिकार मेला तथा प्रदर्शनी कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा मनाउन लागिएको छ।
च्याउ किसानहरू, आम नागरिक, विभिन्न संघ संस्था तथा राजनीतिक तथा सामाजिक ब्यक्तित्वहरूको विशेष उपस्थितिमा मनाउने सम्पन्न हुने यस कार्यक्रम आगामी पौष १५ गते बिहान १०.०० बजेदेखि बेलुका ५.०० बजेसम्म काठमाडौंस्थित भृकुटीमण्डपको ठूलोचौरमा विभिन्न कार्यक्रम गरि मनाउने कार्यक्रम रहेको छ ।
मेलाका दिनमा सञ्चालन गरिने कार्यक्रमहरू ः
- ४० वटा स्टलहरूमा च्याउसंग सम्बन्धि विभिन्न विषयहरूमा प्रदर्शनी ।
- पौष १५ गते बिहान ७.०० बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठुलो चौरसम्म मोटरसाईकल ¥याली आयोजना गरिने
- च्याउका बिभिन्न परिकारहरूको बिभिन्न स्टलहरूमा उपलब्धता तथा प्रदर्शनी ।
- गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको ब्यवहारिक प्रयोगात्मक प्रदर्शनी ।
- बिभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक बस्तुहरूको प्रदर्शनी ।
- राष्ट्रिय कलाकारहरूको उपस्थितीमा विशेष संस्कृतिक कार्यक्रम ।