ईकोनोमिक खबर, काठमाडौँ ।
शेयर बजारले आजपनि बढ्ने क्रम जारी राखेको छ। यस साता आईतबार र सोमबार घटेको नेप्से मंगलबार ११.२ अंकले बढेको थियो भने आज बधुबार १५.६२ अंकले बढेको छ । १.२५ प्रतिशतले बढ्दा परिसूचक १२६८.६८ बिन्दुमा पुगेको छ ।
आज बुधबार शेयर बजारमा १७४ कम्पनीका २० लाख ६४ हजार २४७ कित्ता शेयर किनबेच हुँदा ५५ करोड २ लाख ४७ हजार ८१३ रुपैयाँको कारोबार भयो ।
आजको नेप्से चार्टमा सबै समूहमा हरियाली रह्यो । बैंकिङ समूह १३.७६, होटल समूह १.६९, विकास बैंक समूह १४.३९, जलविद्युत समूह १४.३९, वित्त समूह २.९५, निर्जीवन बीमा समूह ९३.४१, उत्पादनमूलक समूह १८.४६, अन्य समूह ८.५७, लघुवित्त समूह २६.०२, जीवन बीमा समूह ९४.९३ र म्युचुअल फण्ड ०.०६ अंकले बढेका छन् ।
आज कारोबार रकमका आधारमा नेपाल बैंक, सेञ्चुरी, मेगा, प्रभु र सिभिल बैंकको कारोबार क्रमशः रु।४५३३१८७०, ३४०८५१३०, ३२६६५५४१, ३०३८६०९४ र ३०२११०३८ को कारोबार भयो ।