ईकोनोमिक खबर, स्थानिय संवाददाता।
कुलेखानी ३ जलविद्युत आयोजनाबाट छिटै नै विद्युत उत्पादन हुने भएकोछ। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी ३ जलविद्युत् आयोजनाको विद्युतगृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करिब एक महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको सम्पूर्ण लागतमा निर्माणधिन यस परियोजनामा निमार्णका लागी छानीएको चाईना कम्पनीमा ढिलो निर्माण सम्पन्नहुने आयोजनामा यो परियोजना पनि एक हो। चिनियाँ प्राविधिक टोलीले यही असारभित्र कुलेखानी ३ को निर्माणाधीन विद्युतगृहको बाँकी कामको अनुगमन गरी थप उपकरणका साथै तारको जडान गर्ने र छिट्टै विद्युत उत्पादन गर्नेतर्फ लागको आयोजनाका प्रमुखले जानकारी दिए । उर्जामन्त्रिको विशेष चासोको विषय र प्राधिकरणमा पनि यसलाई सम्पन्न गर्न र लागतमा ठूलो रकम थप भएको थियो।
कुलेखानी २ बाट निस्किएको पानीलाई करिब चार किलोमिटर सुरुङ मार्गबाट लगी कुलेखानी ३ को विद्युतगृहमा उपयोग गरीने छ, यसको परीक्षण उत्पादन गरिसकिएकोे सो आयोजनाले जनाएको छ । यसबाट १४ मेगावाट विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणको चार अर्ब ५० करोड रकम लगानीमा कुलेखानी तेस्रो विद्युत आयोजनाको निर्माण भईरहेको छ।