काठमाडौं। वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशिल शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था ‘वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सव भव्यपूर्वक मनाएको छ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको कन्सल्टेन्सीले अटुट मेहेनत र प्रयासबाट १४औं स्थापना दिवस मनाउन सफल भएको जनाएको छ।
यो १४ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले स्थापना दिवसको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, कलेज÷विश्वविद्यालय र सरोकारवाला सबैलाई धन्यवाद दिएका छन्।
उनले विद्यार्थी तथा अभिभावको विश्वास र माया नै सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै संस्थाप्रतिको विश्वास र मायालाई टुट्न नदिइ अझै बढी गुणस्तरीय, प्रविधि र विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धता जनाएका छन्।
‘झण्डै डेढ दशकको अवधिमा हासिल गरेका अनगिन्ती सम्बन्धहरु र विश्वासका कारण आजको दिनसम्म आइपुग्न सफल भएका छौं,’ प्रबन्ध निर्देशक कार्कीले भने, ‘हामीले वैदेशिक शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि साँच्चि नै विशेष अवसरको ढोका खोलेका छौं र भविष्यमा अझ धेरै विद्यार्थीहरूलाई शैक्षिक परामर्शमार्फत उनीहरुको करिअरलाई विश्व्यापी रुपमा जोड्न प्रयत्नशिल छौं ।’
कार्कीले संस्थाप्रति विश्वास र माया गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझै बढी उत्कृष्ट र विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धतासमेत जनाएका छन्।
वेदले विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई स्थापना दिवसको अवसर पारेर विभिन्न सेवाहरुमा विशेष छुट दिइनुका साथै आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ।
पुतलीसडकामा मुख्य कार्यालय रहेको वेद इन्टरनेसनलले न्युरोड, कलंकी, सोह्रखुट्टे, सौराह, कावासोती र विर्तामोडमा शाखा कार्यालय सञ्चालन गरी अष्ट्रेलिया, युके, न्युजिल्याण्ड, क्यानडा, अमेरिकालगातका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिंदै आइरहेको उल्लेख गरेको छ।