
मुग्लिन-काठमाडौं सडक दैनिक तीन घण्टा बन्द भएको छ।
स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नु पर्ने भएकाले पुस ७ गतेदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११:०० बजेदेखि दिउँसो ०२ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा- मुग्लिन सडक आयोजनाले जनाएको छ।
नागढुङ्गा- मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबीसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छीबैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ।
यस्तै, चितवनतर्फबाट नौबीसे जाने सवारीसाधन चालीसे र घाटबेँसीमा रोकिने छ भने विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिने छ।