दोहोरो अंकले घट्यो शेयर बजार,


काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्से ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा बन्द भएको थियो।

आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढेको छ, भने २११ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७६ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार चार अर्ब २७ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

सर्वाधिक मूल्य बढ्नेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।