Feb 28, 2025

अझै मनसुन सक्रिय हुने संभावना न्यून


ईकोनोमोमिक खबर, काठमाडौं।

यो बर्षको मनसुन ढिलागरी शुरु हुने भएको छ। बंगालको खाडीबाट आउने बादल पनि कमजोर भएका कारण राम्रोसंग पानी पर्न नसकेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

तर अबको हप्ता पछि भने मनसुन सकृय भएर पानी पर्ने सम्भवना रहेको महाशाखाले जानकारी दियो। महाशाखाका अनुसार अहिले बिहान देशका पश्चिमी भेगका केहि ठाउँमा मेघजर्गन सहित पानी परिरहेको छ । अन्य भागको मौसम आंशिक देखि पुर्ण बद्ली रहनेछ। दिउँसो देशभर सामान्य बदलि भई देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।