प्रदेश २ का व्यावसायीहरुको मूल्य अभिवृद्धि करको नियम संशोधनको विरोध


ईकोनोमिक खबर, काठमाडौं।

आन्तरिक राजश्व विभागले मूल्य अभिवृद्धि करको नियम संशोधन गरेकोमा प्रदेश २ का होटल तथा पर्यटन व्यावसायीहरुले आपत्ति जनाएका छन् । नेपाल होटल तथा पर्यटन व्यावसायि महासँघ प्रदेश २ ले आज जनकपुरमा पत्रकार सम्मेलन गरी संशोधन फिर्ता लिन माग गरेको छ । महासँघ प्रदेश २ का महासचिव मोहन प्रसाद शर्माले मूल्य अभिवृद्धि करको नियम ४१ (१) ‘ग’मा सवारी साधनको लागि डिजल र एलपी ग्याँस खरिदमा तिरेको भ्याट कट्टा गर्न पाउने प्रावधान हटाएकोमा आपत्ति जनाउनुभयो ।