आन्तरिक राजस्व विभागले मंगलबार सूचना प्रकाशित गरी वार्षिक एक कराेडभन्दा बढीकाे काराेबार गर्नेलाई आय विवरण दाखिला गर्ने समय पुस समान्तसम्म दिएको हो ।
विभागले यसअघि वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरू र कारोबार भएका निकायहरूको सम्बन्धमा मंसिर मसान्तसम्म र वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पुस २० गतेसम्म आय विवरण पेश गर्न पाउने गरि म्याद थप गरको थियो ।
अब भने एक करोड रुपैयाँभन्दा बढी कर तिर्ने करदाताले पनि २०८१ पौष मसान्तसम्म आय विवरण पेश गर्न पाउनेछन् ।
निजी क्षेत्रका विभिन्न व्यावसायिक र व्यापारिक छाता संगठनहरूले आय विवरण पेश गर्ने म्याद २०८१ पौष मसान्तसम्म कायम गरिदिन भनी अनुरोध गरेका थिए । सोही अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
आयकर ऐन, २०५८ को दफा ९६(१) मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधिनमा रहेर सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।