दृश्यमा सुदूरपश्चिम सार्वजनिक


धनगढी, मंसिर २१ गते । सुदूरपश्चिम प्रदेशको धनगढीमा एक भव्य कार्यक्रमका बिच एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँपालिका क्षेत्रमा छायांकन गरिएको दुई वटा म्युजिकहरु सार्वजनिक गरिएको हो । 

सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्ध सुदूरपश्चिमका लागि कला, संस्कृति र पर्यटनका  विषयमा बक्ताहरुले आफ्नो धारणाहरु राख्नुभएको थियो ।

एभरेष्ट ग्यालरीले थालेको यो नविनतम अभियानलाई ऐक्यवद्धता जनाउँदै कार्यक्रमलाई निरन्तरता दिन जोड दिनुभएको छ। 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको मुख्य प्रवर्धन साथै कैलाली उधोग बाणिज्य संघ कैलालीले प्रवर्धन तथा जोरायल गाउँपालिका डोटीको विशेष सहयोगमा सञ्चालित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, सामाजिक विकासमन्त्री मेघराज खड्का, आन्तरिक मामिलामन्त्री हिरा सार्की तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी, प्रदेशसभा सदस्य शिवसिंह ओली, जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझा, कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, विभिन्न सुरक्षा निकाय प्रतिनिधिहरु, सहायक प्रमुख जिल्ला अधिकारीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।