आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै पूर्वआईजीपी कार्की सर्वोच्च पुगे


काठमाडौं। आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत रिट निवेदन पेस गरेका थिए। उक्त निवेदन सर्वोच्च अदालत प्रशासनले शुक्रबार दर्ता गरेको हो।

सरकारले आफूलाई आईजीपी पदबाट हटाउने क्रममा कानुनी प्रक्रिया पूरा नगरेको दाबी गर्दै कार्कीले उक्त निर्णय बदर गर्न माग गरेका छन्।

रिट दर्तासँगै अब सर्वोच्च अदालतले सरकारको निर्णयको कानुनी वैधतामाथि सुनुवाइ गर्नेछ। अदालतको आगामी आदेशले प्रहरी नेतृत्वसँग जोडिएको यो विवादको दिशा तय गर्नेछ।