ईकोनोमिक खबर, काठमाडौं। आज असार १५ मुलुकभर उल्लासपूर्ण वातावरणमा रोपाइँ कार्यक्रम गरि धान दिवस मनाइरहेका छन् । मौसमले साथ नदिए पनि रोपाईं भईरहेको सन्देश प्रवाहित भइरहेको छ । तर त्यही दिन नेपाल स्टक एक्सचेन्ज मा भएको सेयर कारोबार भने त्यति उल्लासपूर्ण देखिएन ।
यो साताको आइतबार सोढ ६४ करोड हाराहारीको सेयर खरिदविक्री भए पनि नेप्से सूचक भने १२ अङ्कभन्दा बढीले घटेको छ । विगत केही समयदेखि घट्ने क्रममा रहेको नेप्सेले बढ्दा सामान्य अङ्कमा र घट्दा दोहोरो अङ्कले सूचक घट्ने गरेको छ । गत आइतबार १० अङ्कले बजार ओरालो लागेको थियो भने त्यसअघिको आइतबार असार १ गते पनि बजार सूचक ११ अङ्कभन्दा बढीले घटेको थियो । आज पनि १२।२७ अङ्कले घटेर सूचक १२४४।८९ अङ्कमा झरेको छ । तर, अन्य दिनमा सामान्य अङ्कले उतारचढाव आउने र घट्ने ठूलो अङ्कले गिरावट हुँदा जेठ ३० गते १२६९।५६ अङ्क भएको नेप्से सूचक आईतबार आइपुग्दासम्म २५ अङ्कभन्दा बढीले घटेको छ ।