शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल


काठमाडौं : शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त हुनुभएको छ ।

सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो ।

सोमबार मन्त्रालयमा कर्मचारीहरुले सचिव सिग्देलको स्वागत गरेलगत्तै उहाँले कार्यभार सम्हाल्नुभएको छ ।

उहाँ यसअघि जल तथा उर्जा आयोगमा सचिव हुनुहुन्थ्यो ।