तपाईं सीप सिक्न चाहनुहुन्छ ? सीप सिकेर रोजगारी प्राप्त गर्न चाहनुहुन्छ ? स्वरोजगार बनेर, देशभित्रै रोजगार बनेर वा वैदेशिक रोजगारीमा गएर आत्मनिर्भर बन्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ तपाईंले सीप सिकेर आफ्नो क्षमता र योग्यता बनाउनुपर्ने हुन्छ, जसबाट तपाईंले रोजगारी प्राप्त गर्न सहज हुन्छ, तपाईंको जीवनस्तर अझै राम्रो हुन्छ र आत्मसम्मानले भरिएको जीवन जिउन सक्नुहुन्छ ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट तपाई जस्ता युवाहरूलाई सीपयुक्त बनाउन, श्रम बजारमा प्रतिस्पर्धी बनाउन, रोजगारी प्रदान गर्न र सशक्तिकरण गर्न मद्दत गर्ने उद्धेश्यले विभिन्न सीप तथा व्यवसायमा आधारित निःशुल्क तालिम कार्यक्रमहरू प्रदान गर्दै आएको छ ।
आन्तरिक र वैदेशिक श्रम बजारको माग अनुरुप दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा रोजगारीका अवसर सिर्जना गर्न, उद्यमशिलता विकास मार्फत स्वरोजगार बन्न उत्प्रेरित गर्न, दक्ष र सीपयुक्त जनशक्ति आपुर्ती गरी उद्योग व्यवसायको उत्पादकत्वमा अभिवृद्धि गर्न तथा सीपयुक्त भई वैदेशिक रोजगारीमा अवसर पाउनका लागि प्रतिष्ठानले आधारभुत सीप मुलक तालिम (basic training), सीप अभिबृद्धि तालिम(Advance training), उद्यमशीलता विकास तालिम(Entrepreneurship Development training), पूर्व प्रस्थान तालिम (PDOT), प्रशिक्षक प्रशिक्षण (TOT) र कार्यस्थलमा आधारित तालिम (Apprenticeship training)प्रदान गरिरहेको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटी, व्यावसायिक प्रतिष्ठान केन्द्र इटहरी र बुटवलबाट प्रदान गरिने तालिममा निम्न योग्यता पुगेका युवाहरुले निःशुल्क तालिम लिन सक्नेछन ।
१. नेपाली नागरिक भएको हुनुपर्ने २. १८ देखि ४५ वर्ष भित्रको हुनुपर्ने ३. कम्तीमा ८ कक्षा उत्तीर्ण भएको हुनुपर्ने
सीपमुलक तालिमका लागि केही पेशागत विषयहरु:
विधुत जडान, प्लम्बिङ, सिलाइकटाइ, ब्युटिसियन, अटो मेकानिक्स, कुक, मोबाइल मर्मत, वारिष्टा, केयर गिभर, मन्टेश्वरी, आर्क वेल्डर, आल्मुनियम फेव्रिकेटर (aluminium fabricator), कार्पेट वेभर (carpet weaver), कम्प्युटर हार्डवेयर टेक्निसियन, (Computer hardware technician) टायल, मार्वल फिटर (Tile, marble fitter), टेलिकम टेक्निसियन, (Telecom technician), फर्निचर मेकर (Furniture maker), फेशन डिजाइनर (Fashion Designer), विल्डङ पेन्टर (Building painter), बेकरी, (Bakery), बेमौषमी तरकारी उत्पादक, भिलेज एनिमल हेल्थ वर्कर (Village animal health worker), मेशन, मोटरसाइकल मेकानिक (Mason, motorcycle mechanic), रेफ्रिजेरेशन एण्ड कण्डिशन मेकानिक (Refrigeration and condition mechanic), सेक्युरिटी गार्ड, (Security Guard), हाउस किपिङ (Housekeeping) र ह्याण्ड ईम्बोइडरी (Hand embroidery) आदि ।
थप जानकारीका लागि हाम्रो वेबसाइट www.vsdta.gov.np तथा नजिकको प्रशिक्षण केन्द्रमा सम्पर्क गर्नुहोस् वा हामीलाई : काठमाडौं 01-5590800, 01-5590801, 01-5590254, ईटहरी 025-581016 तथा बुटवल कार्यालयको फोन नम्बर 071-530138 मा कार्यालय समयमा सम्पर्क गर्न सक्नुहुन्छ ।
आफ्नो सुन्दर भविष्य निर्माण गर्न आजै पाइला चाल्नुहोस् !
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटी, ललितपुर