ईकोनोमिक खबर, काठमाडौं।
अर्घाखाँची घर भई हाल ललितुरमा बसिरहनु भएकी ८३ वर्षिय नर्मदा बन्जाडेले छत्रदेव ८ सूर्यथुमको श्री सरस्वती माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सहयोगार्थ २ लाख रुपैयाँको अक्षयकोष र १८ हजार नगद प्रदान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा बन्जाडेले विद्यालयका सहप्राध्यापक कृष्ण भुषाललाई चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नेकपाकी सांसद पम्फा भुषालको समेत सहभागिता रहेको थियो ।
“ विद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार विद्यार्थीलाई शिक्षाको उज्याले घाम बाट वञ्चित नहुन भन्ने आशा हो ” बन्जाडेले भन्नुभयो । सहयोग रकम गरिव र जेहन्दार विद्यार्थीको चाहिने स्टेशनरी, पोशाकमा लगाइने छ।
अहिले सामुदायिक विद्यालयमा विधार्थीहरुको भर्नादर कम भईरहेको अवस्थामा यस्ता सहयोगले विद्यार्थीलाई विद्यालयमा टिकाईराख्न सहयोग पुग्ने नेकपा सांसद भुसालको भनाई छ ।
अन्य फजुल खर्च गर्नुभन्दा केहि रकम संचित गरी शिक्षा र सामाजिक क्षेत्रमा स्थानिय तहमा सहयोग गर्नसकेमा देशकै दिगो विकासमा सहयोग पुग्ने नर्मदाकी छोरी सुभद्रा बन्जाडेले बताउनु भयो । सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएकी सुभद्रा बन्जाडे अमेरिकामा बस्दै आउनु भएको छ।