ईकोनोमिक खबर, काठमाडौं।
महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काँटी घोची त्रास फैलाउने सन्तोष कार्कीलाई आज सार्वजनिक गरेको हो । आरोपी कार्कीले सिरिन्ज नभई ढलान काँटी घोचेको र अहिले सम्मका सबै आक्रमण आफैंले गराएको स्वीकार गरेका छन्।
‘मैले सिरिन्ज हानेको होइन ढलानको काँटीले घोचेको हुँ पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन्। उनले आफूले मजाकका लागि घोचेको बताएका छन्।
काठमाडौं प्रहरी परिसर टेकुका एक अधिकृत भन्छन उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन्। प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो।
उनी मानसिक बिरामी भएका हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिन्छ, उनले किन र के कारणले आक्रमण गरेका हुन भन्नेबारे पनि प्रहरीले थप अनुसन्धान गरीरहेको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख सुवेदीले बताए।