मुक्तिनाथ विकास बैंकलाई फोनपे अनर्समा तीन अवार्ड


काठमाडौं । डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘फोनपे अनर्स’मा विकास बैंकतर्फ तीनवटा अवार्ड प्राप्त गरेको छ।

फोनपेले आयोजना गरेको कार्यक्रममा बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर), हाइएस्ट फोनपे क्यूआर भोल्युम (इसुअर) र हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर) विधामा अवार्ड जितेको हो।

बैंकले प्राप्त गरेका यी सम्मान डिजिटल माध्यमबाट हुने रकम स्थानान्तरण, मोबाइल बैंकिङ एपमार्फत क्यूआर भुक्तानी तथा बैंकसँग आबद्ध क्यूआर मर्चेन्टले प्राप्त गर्ने कारोबारको उच्च परिमाणसँग सम्बन्धित छन्।

फोनपे डाइरेक्टअन्तर्गत रकम स्थानान्तरण तथा क्यूआर भुक्तानीको प्रयोग विस्तार हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाबीच डिजिटल कारोबारको प्रतिस्पर्धा पनि बढिरहेको छ। मुक्तिनाथ विकास बैंकले प्राप्त गरेका तीन अवार्डले डिजिटल भुक्तानीका विभिन्न क्षेत्रमा बैंकको सक्रियता झल्काएको छ।

बैंकले यस उपलब्धिले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन प्रोत्साहन मिल्ने जनाएको छ। साथै, बैंकले यो उपलब्धिमा योगदान पुर्‍याउने ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।