काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा विजयादशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना भएको छ।
एसोसिएसनले असोज २९ गते बिहीबार दिउँसो २ बजे काठमाडौंको बुद्वनगर स्थित आरम्भ रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष, पूर्वअध्यक्ष, पुष्प व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहनेछ। चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्नुका साथै पुष्प व्यवसायको विकास तथा प्रवर्द्धनका विषयमा छलफल र अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिइएको छ।
ललितपुरको ज्वागल–११ मा रहेको फ्यानले नेपालमा पुष्प व्यवसायको विकास, विस्तार तथा व्यावसायिक प्रवर्द्धनका लागि काम गर्दै आएको छ।