दशैँमा HONOR नेपालको रिटेलर्ससँग खुसी साटासाट


काठमाडौं । स्मार्टफोन ब्रान्ड HONOR नेपालले दशैँको अवसरमा देशभरका ५०० प्रमुख रिटेलर्ससँग उत्सवको खुसी साटासाट गरेको छ। नेपालका लागि HONOR स्मार्टफोनको आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रालिले रिटेलर्सका पसलमै पुगेर केक काट्ने तथा दशैँको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको हो।

रिटेलर्सलाई सरप्राइज दिने उद्देश्यले आयोजित कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न पसलमा पुगेको थियो। आफ्नै पसलमा ब्रान्डको टोली आएर पर्वको खुसी बाँड्दा रिटेलर्स उत्साहित भएको कम्पनीले जनाएको छ।

HONOR स्मार्टफोनको बजार विस्तारमा रिटेलर्सको योगदानको सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ। कम्पनीले रिटेलर्सलाई व्यापारिक साझेदारका रूपमा मात्र नभई ब्रान्डको सफलताका सहयात्रीका रूपमा लिएको जनाएको छ।

यस कार्यक्रमले सेल्ट्रोन नेपाल र रिटेलर्सबीचको व्यावसायिक सम्बन्धलाई थप आत्मीय बनाउनुका साथै आपसी विश्वास र सहकार्य सुदृढ गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले आगामी दिनमा पनि रिटेलर्ससँगको सम्बन्धलाई प्राथमिकता दिँदै नेपाली उपभोक्तामाझ HONOR ब्रान्डको उपस्थिति थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।