
ईकोनोमिक खबर, काठमाडौं।
नेपाल क्लियरिङ् हाउसले आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ।
शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ् अफिसमा कार्यकारी निर्देशक रहनु भएको छ
त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नवनियूत्त गरेको छ।
नेपाल क्लियरिङ् हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक–एक जना प्रतिनिधि रहेका छन।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।
यसको NCHL-ECC, NCHL-IPS / connect IPS e-Payment प्रणाली सञ्चालनमा रहेका छन् । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन्भने ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्ष र टेक्निकल सदस्यका रुपमा आबद्घ रहेका छन्।