काठमाडौं । नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट (NDRI) र हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी (HICAST) बीच कृषि अनुसन्धानमा सहकार्य तथा समझदारीपत्र (MoU) निर्माणका विषयमा छलफल भएको छ।
एनडीआरआईका कार्यकारी निर्देशक डा. शिखा थापा मगर र वरिष्ठ अनुसन्धान विशेषज्ञ डा. पुण्यप्रसाद रेग्मी सम्मिलित प्रतिनिधिमण्डलले हिकास्टको भ्रमण गरी कार्यकारी निर्देशक डा. विनायक राजभण्डारीसँग भेटवार्ता गरेको हो।
भेटवार्तामा कृषि अनुसन्धानका क्षेत्रमा सम्भावित सहकार्य, संयुक्त अनुसन्धानका अवसर तथा संस्थागत साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
त्यस क्रममा कृषि क्षेत्रसँग सम्बन्धित अनुसन्धान, ज्ञान तथा विज्ञताको आदानप्रदान र सहकार्यलाई औपचारिक रूप दिन समझदारीपत्र (MoU) तयार गर्ने विषयमा समेत छलफल भएको थियो।

दुवै संस्थाबीचको प्रस्तावित सहकार्यले कृषि अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै अनुसन्धानका निष्कर्षलाई कृषि क्षेत्रको विकास र नीतिनिर्माणसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।