प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिवमा प्रमोदभक्त आचार्य नियुक्त


काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य–सचिव पदमा प्रमोदभक्त आचार्य नियुक्त हुनुभएको छ।

सरकारले उहाँलाई परिषद्को सदस्य–सचिवजस्तो गरिमामय तथा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो। आचार्यको नियुक्तिसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा थप प्रभावकारी पहल हुने अपेक्षा गरिएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई श्रम बजारको आवश्यकता र रोजगारीसँग जोड्दै दक्ष जनशक्ति उत्पादन गर्ने दिशामा परिषद्को भूमिका महत्वपूर्ण रहँदै आएको छ। नयाँ नेतृत्वले परिषद्का कार्यक्रमलाई थप व्यवस्थित, परिणाममुखी र समयसापेक्ष बनाउने अपेक्षा गरिएको छ।

आचार्यको नियुक्तिलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रका सरोकारवालाले समेत सकारात्मक रूपमा लिएका छन्।