
काठमाडौं- नेपाली बजारमा सोमबार एकै दिन सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछी सुनचाँदीमा भारी गिरावट आएको हो ।
जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।
यस्तै, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ । मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुलदर घटाउने निर्णय गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।