काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडलाई पुनः सहप्रायोजकका रूपमा निरन्तरता दिएको छ।
एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोज र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चितवन राइनोजका अध्यक्ष आयुष न्यौपाने र हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिनुले दुई संस्थाबीचको विश्वास र सहकार्यलाई थप बलियो बनाएको छ। साथै, नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागितालाई निरन्तरता दिने उद्देश्यसमेत यस साझेदारीमा जोडिएको छ।
चितवन राइनोजले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद दिँदै एनपीएलको तेस्रो सिजनमा पनि प्रभावकारी सहकार्यको अपेक्षा गरेको जनाएको छ।
एनपीएलको आगामी सिजनका लागि टोलीले तयारी अघि बढाइरहेका बेला सहप्रायोजकको निरन्तरताले क्रिकेट र कर्पोरेट क्षेत्रबीचको सहकार्यलाई थप निरन्तरता दिएको छ।