सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न


सानिमा बैंक लिमिटेडले मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ।

बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। 
आर्थिक बर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ।