काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा दुई हजार चारसय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कायम भएको थियो।
यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा झरेको महासंघले जनाएको छ। आइतबार पनि चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।