ईकोनोमिक खबर, काठमाडौं।
सुचिकृत सँस्थाको कारोबारमा एकरुपता कायम गर्नुपर्ने, सुचना लुकाउने कार्य बन्द गर्नुपर्ने लगायत यसका सरोकारवाला निकायमा ब्यापक सुधार नभई शेयर बजारमा सुधार आउन मुश्किल रहेको विचार शेयर बिश्लेषक दिलिपमुनकर्मीले नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक बर्षका लागि नीति तथा कार्यक्रममा बताएका थिए।
कानून ब्यवसायी अमृत खरेलले बोर्डलाई सुझाव दिने क्रममा आर्थिक पत्रकारहरुले सूचना लिने, आफुले शेयर किनबेच गर्ने र फेरि ईन्साईडर ट्रेडिङ भयो भनी समाचार लेख्ने गरेकाले उनीहरुलाई दोस्रो शेयर कारोबारमा रोक लगाउनु पर्ने माग गरेका हुन्।
असार ३ गते मंगलबार नेपाल धितोपत्र बोर्ड, जावलाखेलमा आयोजित आ.ब. २०७६।०७७ मा धितोपत्र बोर्डले संचालन गर्ने निति तथा कार्यक्रम सम्बन्धमा सुझाव संकलन कार्यक्रममा शेयर ब्रोकर, शेयर खरिद बिक्री सँस्थाका प्रतिनिधि, शेयर विश्लेषक, संचयकोष, नागरीक लगानी कोष, बैंक तथा वित्तिय सँस्थाका, प्रतिनिधि, कानुन ब्यवसायी, प्रोफेशर, पत्रकारहरुको उपस्थिति थियो।
धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले चालु आ.ब.मा समग्र कार्यक्रमको ८० प्रतिशत कार्य सम्पन्न भएको र आगामी बर्षका लागी नीति तथा कार्यक्रम सम्पूर्ण सरोकारवालाका सुझाव, सल्लाहलाई समेट्दै जानेछौ भनि कार्कीले यस कार्यक्रममा बताए।