एफवानसफ्ट ग्रुपद्वारा बाढीपीडितका लागि एक करोड ३५ लाख रुपैयाँ सहयोग


काठमाडौं। हालै आएको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुपले सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।

इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर तथा ग्रुपअन्तर्गतका कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो । बाढीबाट प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले योगदान गरिएको ग्रुपले जनाएको छ ।

यसैगरी, फोनपे र इसेवामार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने प्रयोगकर्ताप्रति पनि एफवानसफ्ट ग्रुपले आभार व्यक्त गरेको छ । हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् ।