गरिमा विकास बैंकले प्रस्ताव गर्‍यो बीस प्रतिशत लाभांश


काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई बीस प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको बिहीबार बसेको ३५१औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड रुपैयाँका आधारमा १० प्रतिशत बोनस शेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर वितरणपछि गरिमा विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांशले विकास बैंक क्षेत्रका लगानीकर्तामाझ गरिमा विकास बैंकप्रतिको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ।