विपद्मा पैसा मात्रै होइन, सीप र स्वयंसेवक पनि परिचालन गरिने; विदेशस्थित नेपालीलाई स्थानीय मानवीय सेवामा जोड्ने योजना
काठमाडौं । नेपालमा विपद् आउँदा विदेशमा रहेका नेपालीबाट सहयोग जुटाउने अभ्यास अब थप व्यवस्थित हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्ट्रिय रेडक्रस तथा तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी) बीच भएको समझदारीले विदेशमा रहेका नेपालीको आर्थिक स्रोतसँगै सीप र स्वयंसेवक परिचालन गर्ने बाटो खोलेको हो।
समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र आईएफआरसीका हेड अफ डेलिगेसन डेभिड फिसरले हस्ताक्षर गरेका छन्।
अब नेपालमा प्राकृतिक विपद् वा अन्य मानवीय संकट आइपर्दा विदेशमा रहेका नेपाली समुदायमार्फत कोष संकलन, स्वयंसेवक परिचालन र आवश्यक सामग्री तथा स्रोत जुटाउने काममा तीनवटै संस्थाले सहकार्य

