इन्डियन आयल कपोरेसनले पठाएको पछिल्लो मूल्यसूची अनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्यमा रु २ प्रति लिटरमा समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
नेपाल आयल निगम लिमिटेडले असार १ गते आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समिति बैठकले असार १ गते आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर दुई रुपैया घटाएको जानकारी गराएको छ ।
समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।