१३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा


काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहीमा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कोषको खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेको छ । कोषको कुल आम्दानी १२.६० प्रतिशत बढेको छ। त्यस्तै खर्च भने समीक्षा अवधिमा ९.१९ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी ७ पैसा घटेर १९ रुपैयाँ ८७ पैसामा झरेको छ। 

कोषको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।