टाटा कार्निभलमा कुनै पनि पुरानो गाडी दिएर नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग साट्न सकिने


नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यहि बिहिबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ।  ४ भदौ देखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग साट्न सकिने कम्पनीले जनाएको छ । पुरानो गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ ।

योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ र नंया टियागो इभि  विशेष अफरसहित सार्वजनिक गरिएको थियो।

नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने नंया टियागो इभिको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।