काठमाडौं। युरोपियन युनियन (इयु) ले लागूगर्न लागेको डिफरेस्टेसनफ्री प्रडक्ट रेगुलेसन (वन विनाश रहित उत्पादन सम्बन्धी नियम) का कारण नेपालका उत्पादक र निर्यातकले युरोपियन राष्ट्रहरूमा निर्यातको लागि नयाँ नियामक प्रावधानहरूपालना गर्नुपर्ने भएको छ।
उक्त नियमले तोकेका आवश्यकताहरूबारे कफी मूल्य क्षेत्रका सरकारी निकायहरू र निजी क्षेत्रका सरोकारवालाहरूबीच जागरूकता बढाउन र यसको पालना गर्ने क्षमता बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्रद्धारा कार्यान्वयन भइरहेको इयुव्यापार तथा लगानी कार्यक्रमले बिहीबार एक दिनेकार्यशालाको
आयोजना गर्यो।
यो नियमहरू , पशुपालन, कोको, कफी, पाम तेल , रबर, सोया , काठ र फर्निचर वा चकलेट जस्ता उत्पादनहरूज स्ता वस्तुहरूमा लागू हुन्छन्।
नेपालका लागि इयुडेलिगेजसनका वरिष्ठ कार्यक्रम प्रबन्धक मीम हमालले नेपालले सन् २०२६ मा अतिकम विकसित देशको स्तरबाट स्तरोन्नति हुन गइरहेको बेला वन विनाश रहित उत्पादनको निर्यात प्रवर्द्धन गर्न इयुले जारी गर्न लागेको नयाँ नियमको पालना गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले उक्त नियमलाई अवसरको रूपमा लिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
नेपाल कफी उत्पादक संघका महासचिव सन्तोष पोखरेलले कफी सरोकारवालाहरूलाई ईयूका नयाँ नियमहरूबारे जानकारी गराइ तिनीहरूको अनुपालनका लागि तयार बनाउनको लागि सचेतनालाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कफी महासंघको सहकार्यमा आयोजना भएको उक्त कार्यशालामा अन्तर्राष्ट्रिय व्यापार केन्द्रकी मिकाइला समररले इयुले जारी गर्न लागेको नयाँ नियमका मुख्य प्रावधानहरू र यसबाट नेपालका साना व्यवसायहरूलाई आइ पर्न सक्ने चुनौति एवं गर्नुपर्ने तयारीबारे चर्चा गर्नुभएको थियो ।
उक्त अवसरमा सरोकारवालाहरूले नयाँ नियम लागू भए पछिका चुनौतिहरू सम्बोधन गर्न र प्राप्त हुने अवसरहरूको सदुपयोग गर्न मद्दत गर्न सरकार र निजी क्षेत्रबीचको बलियो सहकार्यको आवश्यकतामा जोड दिए ।