रेडक्रसका पूर्वअध्यक्ष थापासहित पाँच जना पदाधिकारी पक्राउ


काठमाडौं : नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जिब थापा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वअध्यक्ष थापासहितका पदाधिकारीहरूलाई पक्राउ गरेको हो।

रेडक्रसको जिम्मेवारीमा रहँदा अनियमितता गरेको भन्दै अनुसन्धान लागि ब्युरोले थापासहितका पदाधिकारीलाई पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार रेडक्रसका पाँच जना पदाधिकारीलाई अनुसन्धानका लागि प्रकाउ गरिएको हो।