काठमाडौं। वर्षायाममा सवारीसाधनको सुरक्षा र नियमित मर्मतसम्भारलाई लक्षित गर्दै नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले देशभर ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।
सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजनअन्तर्गतको सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा तीनदिने विशेष सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो।
मनसुनी वर्षाका कारण सवारीसाधनमा पर्ने अतिरिक्त चाप र जोखिमलाई मध्यनजर गर्दै आयोजना गर्न लागिएको क्याम्पमा ग्राहकले विभिन्न सर्भिस तथा पार्ट्समा छुटसँगै वर्षायाममा आवश्यक पर्ने सुरक्षा जाँच निःशुल्क गराउन सक्नेछन्।
सर्भिस र पार्ट्समा छुट
क्याम्प अवधिभर सुजुकीका ग्राहकले पार्ट्स तथा लुब्रिकेन्टमा १० प्रतिशत, लेबरमा २० प्रतिशत र एक्सेसरिजमा १५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ।
त्यसैगरी, ग्राहकले निःशुल्क जनरल चेकअप, एसी तथा ब्याट्री जाँच गराउन सक्नेछन्। ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीलगायत वर्षायाममा बढी जोखिममा पर्ने प्रमुख भागको समेत विशेष जाँच गरिनेछ।
क्याम्पमा सवारीसाधनको नियमित हेरचाह, कार केयर तथा वर्षायाममा सुरक्षित रूपमा सवारी सञ्चालन गर्ने उपायबारे निःशुल्क जानकारीसमेत दिइने कम्पनीले जनाएको छ।
सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय भएकाले ग्राहकलाई समयमै मर्मतसम्भार गराउन प्रोत्साहित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।
उनका अनुसार क्याम्पको उद्देश्य सर्भिस सुविधा उपलब्ध गराउनुका साथै वर्षायाममा सुरक्षित सवारी सञ्चालनप्रति ग्राहकलाई सचेत गराउनु पनि हो।
तीन ग्राहकले आकर्षक उपहार पाउने
क्याम्प अवधिमा सहभागीमध्ये तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।
देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुने भएकाले सुजुकीका ग्राहकले साउन २७ देखि २९ गतेसम्म आफूलाई पायक पर्ने सर्भिस सेन्टरमा पुगेर क्याम्पका सुविधा लिन सक्नेछन्।
कम्पनीले वर्षायाममा सवारीसाधनको नियमित जाँच तथा मर्मतसम्भारलाई प्राथमिकता दिन र क्याम्पको अवसर उपयोग गर्न सुजुकीका सबै ग्राहकलाई आग्रह गरेको छ।