ईकोनोमिक खबर,काठमाडौँ ।
स्मार्ट पार्किङको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन, अब हामी सबैस्थानमा ब्यवस्थित पार्किङको ब्यवस्था गर्दै जानेछौं, निकटमा नै दरवारमार्गमा पनि संचालन गरीनेछ उनले बताए ।
न्यूरोड क्षेत्रका ५ स्थानमा स्मार्ट पार्किङको व्यवस्था रहेको पार्किङ सञ्चालक कम्पनी ह्वील्स ट्रुलीयोर्स कोअर्डिनेटर अग्रवालले बताए, उनका अनुसार अहिलेलाइए रामेश्वरम, विशालबजार, खिचापोखरी, धर्मपथ र पाको लगायत यी ५ स्थानमा स्मार्ट प्रणाली लागु हुने बताए।
जसमा दुई पाँग्रे र चार पाँग्रे सवारी साधन पार्किङ गर्न मिल्नेछ। ८०० वटा सम्म मोटरसाईकल र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको छ । मोटरसाईकलका लागि प्रतिघण्टा २५ रुपैयाँ र गाडीको लागि प्रतिघण्टा ८० रुपैया शुल्क लाग्ने छ । काठमाडौँ महानगर र कम्पनीको सम्झौता अनुसार स्मार्ट पार्किङबाट उठेको शुल्कको १० देखि १५ प्रतिशत सम्म कम्पनीले राख्नेछ । बाँकी व्यवस्थापकीय खर्च कटाएर महानगरले पाउनेछ ।
के के छन स्मार्ट पार्किङ प्रणालीमा.....
*पार्क केटीएम एप बाट बुक गर्न सकिन्छ,
*बुक गरेको १५ मिनेटमा सवारी साधन पुगिसक्नु पर्नेछ, अन्यथा अर्कैले बुक गर्नेछ,
*रियल टाइम बिलिङ हुन्छ, त्यस्को रेकर्ड महानगरको सर्भरमा रहने छ।