NAIMA 2026 मा Ather Nepal ले फेरि ल्यायो बहुप्रतीक्षित मेगा गिभअवे
NAIMA Mobility Expo 2026 नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उत्साह झन् बढिरहेको छ। यही अवसरलाई अझ विशेष बनाउन Ather Energy Nepal ले प्रदर्शनीमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्नेभएको छ। यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड- न्यु Ather स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।
गतवर्ष Ather Nepal ले आयोजना गरेको यही अभियानमार्फत सालिक राम कँडेल लेAther Rizta जित्न सफल भएका थिए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि यस वर्ष पनि Ather Nepal लेयो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो। अब एउटा फोटो, एउटा पोस्ट र थोरै भाग्यले तपाईंलाई नयाँAther स्कुटरको मालिक बनाउन सक्छ।
कसरी सहभागी हुने?
प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकले निम्न चार चरण पूरा गर्नुपर्नेछ:
• Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरूFollow गर्ने।
• NAIMA Mobility Expo 2026 अन्तर्गत Hall C, Stall C2 मा रहेको Ather Stall मा आउने।
• Ather स्कुटरसँग एउटा आकर्षक फोटो खिच्ने।
• उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै@AtherEnergyNepal लाई Tag गर्ने
तथा आफ्ना दुई जना साथीलाई पनि Tag गर्ने।
यी चार चरण पूरा गरेपछि सहभागी स्वतःलक्की ड्र मा समावेश हुनेछन्, जहाँबाट एक भाग्यशाली
विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्नेछन्।
तर Ather को अनुभव यति मै सीमित रहनेछैन।
यसवर्षको Ather Stall लाई आगन्तुकहरूले विद्युतीय सवारीको भविष्यलाई नजिकबाट अनुभव गर्न सकून् भन्ने उद्देश्यलेविशेष रूपमा तयार गरिएको छ। यहाँ आगन्तुकहरूले Ather का नवीनतम प्रविधि, स्मार्ट फिचरहरू तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष अनुभव गर्न
पाउनेछन्।
साथै, विभिन्न अन्तरक्रियात्मक डेमो र आकर्षक गतिविधिहरू मार्फत Ather किन
बजारको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड मध्ये एक हो भन्ने अनुभव पनि लिन सकिनेछ।